कप्तान पारस खड्का चितवनमा

चितवनः  पूर्वी चितवनको रत्ननगरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई विशेष सम्मान तथा उत्प्रेरणा कार्यक्रम गरिएको छ । न्यू क्यापिटल कलेजले खड्कालाई विशेष सम्मान तथा उत्प्रेरणा कार्यक्रम गरेका हो ।

कलेज परिसरमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासगँ विद्यार्थीलाई उप्रेरणसगैँ क्रिकेट समेत खेलेको कलेजका प्रचार्य भूपेन्द्र धितालले जानकारी दिए ।

‘शिक्षासगैं क्रिकेट खेललाई समेत स्थानियस्तरबाट दक्ष खेलाडीहरु उत्पादन गर्न र खेलाडीहरुको सम्मान लागि कार्यक्रम सफल भो उनले भने, पारससगैँ विद्यार्थीहरुले अनुभव आदानप्रदान गर्न पाउदाँ निकै उत्साहित छन् ।’

याे पनि पढ्नुस  पर्यटनमन्त्री भट्टराईले भने, ‘भरतपुर विमानस्थल विस्तारका लागि अब बैठक होइन, काम हुन्छ’

झण्डै दुई घण्टा कलेज परिसरमा रहेका पारस विद्यार्थीसँग अनुभव आदानप्रदानसगैँ, सेल्फी खिच्न र क्रिकेट खेल्न मस्त थिए । कलेजको बास्केटबल कोटमा उनले १२ वलमा ब्याटिङ्ग गरेका थिए ।

उनीसँग खेल खेल्न पाउदाँ विद्यार्थीहरुको उत्साह नै फरक देखिएको थियो । भने कोही विद्यार्थीले पारसको आफ्नो कपडा सहि गराउन व्यस्त थिए र विद्यार्थी विश्वराज आचार्यले पारस खड्का शिर्षकमा कविता बाचन गर्दा पारस निकै अचम्ममा परे । अनि आचार्यलाई सही गराउन लागए कविता आफैसगैँ राखे ।

याे पनि पढ्नुस  भरतपुर विमानस्थलमा आइपुगे आधुनिक ७ वटा बारुणयन्त्र

सो अवसरमा खेलाडी पारस खड्काले पढाईका लागि जहिले पनि ठुलो सोच र सपना बाकेर हिड्नुपर्ने बताए । उनले पढाई त्यागेर आफ्नो ईच्छाको पछि नलाग्न सुझाव दिँदै मोडन जमानमा शिक्षा नै सबैभन्दा ठूलो भएको स्पष्ट पारे । साथै उनले शिक्षासगैँ आफूले खेल लगायतका अन्य क्षेत्रमा अब्बल बनाउन अनुशासित हुनु पनि ठूलो आवश्यकता भएको तर्क गरे ।

याे पनि पढ्नुस  सरकारी अस्पतालमा डेङ्गु किटको अभाव हुन दिँदैनौंः महानगर प्रमुख दाहाल

कमेन्ट गर्नुहोस्