आइजिपी खनालले भेटे रवि लामिछानेलाई

चितवनः  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी हिरासतमा रहेका सिधाकुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए।

सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्याका लागि बाध्य पारेको बताएका छन्।

सोही भिडियोको आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते पक्राउ गरी चितवन लगेको थियो।

२०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ।

यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्