१० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

बर्दियाः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी वनका सव डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको छ । उनले काम बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

घुस रकम मागेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनी रंगे हात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सुचना अधिकृत लोकमणि पाण्डेले बताए । उनलाई थप अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्