रसुवाको तातोपानीमा पहिरो, २ कन्टेनरमा क्षति

रसुवाः  जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै पहिरो जाँदा २ वटा कन्टेनरमा क्षति पुगेको छ ।

आज दिउँसो आएको पहिरोले ना ६ ख ५४९७ र ना ५ ख ५८०३ नम्बरको कन्टेनरमा क्षति पुगेको हो ।

यसअघि पनि यस क्षेत्रमा पहिरो जाने गरेको थियो । स्याफ्रु–रसुवागढी सडकखण्डमा पहिरोको उच्च जोखिम छ । यस क्षेत्रमा यसअघि पनि दुई पटकसम्म सवारीमा क्षति गरेको छ ।

कमेन्ट गर्नुहोस्