प्रधानमन्त्री ओलीको उपचार सुरु

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार सुरु भएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको छ ।

उनी स्वास्थ्योपचारका लागि बैंकक हुँदै विहीबार सिंगापुर पुगेका हुन् । प्रधानमन्त्री ओली करिब ९–१० दिनसम्म अस्पतालमा रहने बताइएको छ ।

प्रधानमन्त्रीको उपचारटोलीमा संलग्न निजी चिकित्सक डा. दिव्या सिंहले शुक्रबार साँझ भनिन्, ‘उपचार सुरु भइरहेको छ र प्रधानमन्त्री ठीक हुनुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्