अचार्य बालकृष्ण गम्भीर रूपमा बिरामी भएर आइसीयुमा

नयाँ दिल्ली, पतंजलि योगपीठका महामंत्री आचार्य बालकृष्ण अचानक अस्वस्थ भएपछि उनलाई ऋषिकेशस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान- एम्समा भर्ना गरिएको छ।

आचार्यलाई हृदयघात भएको हुन सक्ने भारतीय समाचार माध्यम ले लेखेका छन् ।

एम्सका चिकित्सा अधिकारी ब्रह्म प्रकाशले आचार्य को स्थिति स्थिर रहेको र उनी कसैलाई चिन्न नसक्ने अवस्थामा रहेको बताएका छन् । उनलाई सामान्य अवस्थामा आउन अझै समय लाग्ने बताइएको छ ।
आचार्य बालकृष्णको स्वास्थस्थिति बुझ्न उत्तराखण्ड सरकारका शिक्षा मन्त्री र विधानसभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरू अस्पताल पुगेका छन् ।

याे पनि पढ्नुस  बालकृष्णलाई आफ्नै कर्मचारीले विष खुवाएको खुलासा

अस्पताल जारी गरेको हेल्थ बुलेटिनमा आचार्यलाई साँझ पांच बजेतिर अचेत अवस्थामा अस्पताल पुऱ्याइएको थियो । उनलाई २४ घण्टासम्म आइसीयुमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले उनका सबै रिपोर्टहरू सामान्य रहेको जनाएको छ । बुलेटिनमा संभवतः उनको खानामा कउनो विषालु पदार्थ मिसिएको हुन सक्ने बताइएको छ । उनको रगतको नमुना फोरेन्सिक जाँचको लागि प्रयोगशाला पठाइएको छ ।

याे पनि पढ्नुस  किन रद्द भयो आचार्य बालकृष्णको नेपाल भ्रमण?

योगगुरु बाबा रामदेव पनि अस्पतालमैं रहेको बताइएको छ। आचार्य एक जना भक्तले दिएको मिठाई खाए पछि अचेत भएर ढलेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्