बालगृहका नाममा ठगी धन्दा

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौंमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने ।

साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भउका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो । चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना दुई छोरी काठमाडौं पठाउन राजी भए ।

उनले उच्च शिक्षा अध्ययन गराउनकैक लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानिलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए । जय बहादुरको धन्दा अर्कै रहेछ । बिकट गाउँका बालबालिका ल्याएर पढाउनुको साटो अलपत्र पार्दा रहेछन् । यो समाचार नागरिक दैनिकमा छपिएको छ ।

कमेन्ट गर्नुहोस्