पुडासैनी आत्महत्या प्रकरणबारे केहीबेरमा कलाकारहरुको पत्रकार सम्मेलन

काठमाडौं। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा केहीबेरमा वरिष्ठ कलाकारहरुले पत्रकार सम्मेलन गर्दैछन्। पुडासैनी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्न कलाकारहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन बिहान १०;३० बजे रिपोर्टर्स् क्लव नेपालको सभाहल भृकुटीमण्डपमा हुने बताइएको छ।

पत्रकार सम्मेलनमा कलाकारहरुले के धारणा राख्छन्, त्यसबारे केही खुलाइएको छैन। यद्यपि, पुडासैनी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने धारणा उनीहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन्। आज समूहवद्व रुपमा आफ्नो धारणा राख्न लागेका हुन्।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन (LIVE)

पत्रकार सम्मेलनमा कलाकारहरु निर शाह, रामकृष्ण ढकाल, दीपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, निखिल उप्रेती, रमेश उप्रेती, सञ्चिता लुइँटेल, अनुराग कुँवर, रमेश खरेल, रञ्जु दर्शना लगायत उपस्थित हुने बताइएको छ। लोकपाटीबाट साभार

कमेन्ट गर्नुहोस्