गुठी संस्थानले हडप्यो पशुपतिको जग्गा

काठमाडौं । राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौं सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।

सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।

याे पनि पढ्नुस  आज महाशिवरात्रिः पशुपतिका चारै ढोका खुला गरिने

पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ । राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो । यो समाचार अन्नपूर्ण पोष्ट्मा दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्