Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रविले भने, ‘मैले अनुसन्धानमा सघाई नै रहेको छु, पूर्णविश्वास छ देशमा अझै न्याय मरेको छैन’

काठमाडौंः  लोकप्रिय गायक प्रमोद खरेलले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रक्ररणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

गायक खरेलले रविलाई शनिबार बिहान भेटेका हुन् । भेटका क्रममा रविले देशमा अझै न्याय नमरेको पूर्णविश्वास आफूलाई रहेको बताएका छन् ।

उनले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको पनि बताएका छन् । भेटमा रविले देशमा अझै न्याय नमरेको र आफू न्याय पाउनेमा विश्वस्त रहेको कुरा गायक खरेलले आफ्नो फेसबुकमार्फत जनाएका छन् ।

भर्खरै चितवन जिल्ला प्रहरी कार्यालय हिरासत मै रवि लामिछाने ज्यू सँग भेंट भयो र उहाले दिनु भएको सन्देश “ मैले अनुसन्धानमा सघाइ नै रहेको छु र मलाइ पुर्ण विश्वास छ , देशमा अझै न्याय मरेको छैन। ”

Posted by Pramod Kharel on Friday, August 23, 2019

कमेन्ट गर्नुहोस्

%d bloggers like this: