एन आर एन ए एन सि सि कतारको अध्यक्षमा मुक्तदा बिजयी

दोहाः  एन आर एन ए एन सि सि कतारको अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् ।

एन आर एन ए एन सिसि कतारको आठौं अधिवेशमा शुक्रबार सम्पन्न मतदानमा अर्का प्रत्यासी तेज कटुबाललाई भारी मत अन्तरले पराजित गर्दै मुक्तदा अध्यक्षमा विजयी भएका हुन् ।

शनिबार बिहान सम्पन्न मतगणनामा खसेको तीन हजार ४ सय २० मतमा मुक्तदाले कटुवाललाई ९ सय ३४ मतान्तरले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत प्राप्त गरे भने तेज कटुवालले एक हजार एक सय२६ मत प्राप्त गरे ।

यस्तै ४ जना आइसिसी सदस्य होमनाथ शर्मा, रमेश भट्ट, केवि हमाल र युवराज शर्मा बिजयी भएका छन् । बिजयी शर्माले २ हजार एक सय ४०, भट्टले २ हजार १ सय ८८, हमालले २ हजार २५ र शर्माले २ हजार एक सय २७ मत प्राप्त गरे । यस्तै आइसिसी सदस्यका प्रत्यासी धन बहादुर बलायरले ९ सय ९६ बुधवल गुरुङले ९ सय ३१ र साकिर अलिले ७ सय ९६ मत प्राप्त गरे ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई

एन आर एन ए एन सिसि कतारको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ २ हजार एक सय ९३ मतसहित बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण भण्डारीले ८९० मत प्राप्त गरे । द्धितिय उपाध्यक्षमा कुमार खडका २ हजार १ सय ६ मतसहित बिजयी भएका छन् । उनका प्रतिस्पर्धी इश्वर काफ्लेले ८८७ मत प्राप्त गरे ।

महासचिवमा पदम गिरि एक हजार नौ सय पाँच मतसहित बिजयी भएका छन् । उनका प्रतिस्पर्धी माया केसिले १ हजार एक सय ६२ मत प्राप्त गरिन । सचिवमा नियम भुजेल र अफ्सर अलि बिजयी भएका छन् ।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

भुजेलले २  हजार ६ सय र अफ्सरले एक हजार ९ सय ८८ मत प्राप्त गरे । सचिव पदका उम्मेदवार डिल्लीराम भट्टराईले ५  सय  १९ र प्रेम चलाउनेले ८  सय ५५ मत प्राप्त गरे ।

कोषाध्यक्षमा बिनोद बसौला २ हजार ५९ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी राम प्रसाद गौतमले ८ सय १६ मत प्राप्त गरे ।

सह–कोसाध्यक्षमा तनबिर रोजा १  हजार ९ सय ४३ मतसहित बिजयी भएका छन् । उनका प्रतिस्पर्धी बुद्ध पान्डेले एक हजार एक मत प्राप्त गरे ।

याे पनि पढ्नुस  नवनिर्वाचित एनआरएनए एनसीसीलाई पत्रकार महासंघद्वारा सम्मान

यस्तै युवा समयोजकमा रबिन मगर २ हजार २ सय ४६ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी श्याम कुमार डागिले सात सय ४६ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा सरिता शर्मा भण्डारी, महिला संयोजकमा अम्बिका खत्री, लेखा समिती सदस्यमा कबिन्द्र कंडेल र पुरुसोत्तम लामिछाने निर्बिरोध निर्वाचित भएका छन् ।

एन आर एन ए एन सिसि कतारको कार्यसमिती सदस्य र लेखा समितिको संयोजको मत गणना सुरु भएको छ ।

१८ जना आवश्यक कार्यसमिति सदस्यको लागि ३२ जना र लेखा समिती संयोजकमा मुक्तार आलम र महेश्वर मण्डल प्रतिस्पर्धामा रहेका छन ।

कमेन्ट गर्नुहोस्