साफ यू–१५ फुटबल च्याम्पियनसिपः फाइनल पुग्ने नेपालको सम्भावना कायमै

काठमाडौंः  साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जीत दर्ता गरेको छ । नेपालले श्रीलंकालाई २–० गोलले हराउँदै पहिलो जीत दर्र्ता गरेको हो ।

पहिलो खेलमा भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले श्रीलंकाविरुद्ध भने जीत निकाल्न सफल भयो ।

भारतको कल्याणीमा भएको खेलमा नेपालको जितमा सशांक बोहराको एकमात्र गोल निर्णायक बन्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ४६ औं मिनेटमा नेपालले खेलमा अग्रता बनायो । नेपालका लागि शसांक बोहोराले गोल गर्न सफल भयो ।

त्यसपछि श्रीलंकाले गोल फर्काउन बारम्बार नेपालको पोष्टमा प्रहार गरेपनि सफल हुन सकेन ।

यता नेपालले पनि दोस्रो हाफमा अरु दुई वटा मौका पाएको थियो । खेलको ८३ औं मिनेटमा नेपालले दोस्रो गोल गर्न सफल भयो ।

नेपालका लागि असिम राइले गोल गर्न सफल भए । उनी ६८ औं मिनेट कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले समूहमा तीन अंक जोडेको छ ।

यो हारले श्रीलंकाको २ खेलमा तीन अंक भएको छ भने नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

कमेन्ट गर्नुहोस्