सुदिप कोइरालाको ‘सुन्दर नयन’ ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः  गीतकार सुदिप कोइरालाको ‘सुन्दर नयन’ बोलको गीत स्रोता–दर्शकमाझ लोकप्रिय बन्दै गएको छ ।

२ दिनअघि मात्रै युट्यूबमा सार्वजनिक गरिएको कोइरालाको सो गीत ‘ट्रेन्डिङ’ मा समेत परेको छ ।

शनिबार दिउँसोसम्म ‘सुन्दर नयन’ लाई ६ लाख ६० हजार बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म साे गीत ‘युट्यूब ट्रेन्डिङ’ को ३१ नम्बरमा थियो ।

यो गीतमा सुदिप कोइरालाको शब्द, दिपक सिलवालको संगीत, शिव परियारको स्वर र शाहस शाक्यको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडासँगै सन्नी सिंहको अभिनय छ ।

भिडियोलाई गम्भीर बिष्टले निर्देशन, अर्जुन तिवारीले छायाँकन र नबिन निरौलाले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्