यू–१९ एसिया कपः नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

काठमाडौंः  एसीसी यू–१९ एसिया कपका लागि नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ ।

प्रतियोगिता सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने भए पनि नेपाली टिम अभ्यास खेलका लागि अगाडि नै श्रीलंका प्रस्थान गरेको हो ।

नेपालले श्रीलंकामा अभ्यासका साथै ‘ए’ डिभिजन क्लबसँग अभ्यास खेल्नेछ । नेपाली युवा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले शुभकामनासहित बिदाइ गरे ।

भारत, पाकिस्तान, श्रीलंकालगायतका टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको सहभागिता रहने यो प्रतियोगितामा नेपाललाई भने आफ्नो क्षमता देखाउने अवसर हुने युवा टोलीका प्रशिक्षक विनोद दासले बताए। नेपाल आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै समूह ‘बी’ मा छ।

याे पनि पढ्नुस  नेपाललाई पाँचौ झड्का, शतक बनाउन चुके पवन

विभिन्न समस्याका बाबजुत पनि अभ्यास गरिएको र त्यसले टिमलाई थप बलियो बनाएको उनले बताए।दासका अनुसार युवा टोलीले श्रीलङ्कामा सम्झनलायक खेल खेल्ने छन्। टिममा कप्तान पौडेलसँगै पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, आशिफ शेख, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरि, सागर ढकाल, खड्कबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जिसी छन्।

याे पनि पढ्नुस  यूएईविरुद्ध नेपालको खराब सुरुवात, रित–पवन शून्य रनमै आउट !

अन्तर्राष्ट्रिय खेलको अनुभव भएका खेलाडिहरुको बाहुल्य रहेको र सबै खेलाडीले राम्रो अभ्यास गरिरहेको कारण सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक दास बताउँछन्। नेपालको यू–१९ टिमले पछिल्लो दुई वर्षको अन्तरालमा २९ वटा खेल खेलेको छ।

त्यसमध्ये ६ वटामा हार ब्यहोरेको छ भने बाँकी खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । हारेका ६ खेलमध्ये पाँच खेल सबै टेष्ट राष्ट्रसँग थियो। यो पटक नेपाल सबैलाई चुनौती दिने लक्ष्यका साथ मैदान उत्रने छ। हरेक खेलहरु जित्नका लागि उच्च मनोबलका साथ अघि बढ्ने उनले बताए।

याे पनि पढ्नुस  बंगलादेशलाई हराउँदै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

टिम सन्तुलित रहेको र बलिङपनि राम्रो भएता पनि ब्याटिङमा भने अझै धेरै सुधार आवश्यक छ।जितको शुभकामना सहित नेपाली टोलीलाई भोली बिदाई गरिने छ।

कमेन्ट गर्नुहोस्