ईश्वर पोखरेलद्वारा स्कुल विभाग प्रमुखको जिम्मेवारी ग्रहण

काठमाडौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी कार्यवहाक प्रधानमन्त्री पोखरेलले स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका हुन्।

तत्कालीन माओवादी केन्द्रका स्कुल विभाग प्रमुख देवेन्द्र पौडेल र नेकपा एमालेका स्कुल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए।

परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए। सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाइ बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औंल्याए।

स्कुल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहँदा उप–प्रधानमन्त्री पोख्रेलले जिम्मेवारी पाएका हुन्। उनी एकताअघि तात्कालीन नेकपा एमालेका महासचिव थिए।

कमेन्ट गर्नुहोस्