ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु

इलामः  इलाम नगरपालिका–९ गोलाखर्कमा शनिबार ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मेची राजमार्गको गोलाखर्क सडक खण्डमा ट्याक्टर पल्टिँदा इलाम नगरपालिका–९ का १८ वर्षीय कृष्ण बहादुर लम्जेलको ज्यान गएको हो ।

माइखोलाबाट इलाम आउँदै गरेको को १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा लम्जेलको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा २५ वर्षकी शान्ता बसेल र ८ वर्षका विजय बसेल घाइते भएका छन् ।

याे पनि पढ्नुस  विप्लवका इलाम जिल्ला सेक्रेटरी नेकपा प्रवेश

उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टका लागि इलाम अस्पलातमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्