इन्डोनेसियन लिगा वानः बराबरमा रोकियो रोहितको टिम

काठमाडौंः  नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इन्डोनेसियन लिगा वान फुटबलमा बराबरीमा रोकिएको छ।

गत संस्करणको विजेतासमेत रहेको पर्सिजाले आज भएको खेलमा पर्सेबाया सुरबायासँग १–१ गोलको बराबरी खेलेको हो।

खेलको ६९ औं मिनेटमा मार्को सिमिकले गोल गर्दै जकार्तालाई अग्रता दिलाए पनि ८० औं मिनेटमा मिस्बाकुस सोलिकिनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।

जकार्ताबाट रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। उनी अघिल्लो सिजनमा लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।

बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले १२ खेलबाट १३ अंक जोडेको छ। जकार्ता लिगको १४ औं स्थानमा छ।

कमेन्ट गर्नुहोस्