जनमत बटुल्दै पारस, यस्तोमा देखिए आज

काठमाडौंः  पूर्वयुवराज पारस शाहले नेपाली एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन् ।

कामपा, नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पारसले बीर योद्धालाई शनिबार सम्मान गरेका हुन् ।

दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल गएका थिए । सो अवसरमा स्थानीय बासिन्दाले राजसंस्था र पारसको जयजयकार गर्दै नारा लगाएका थिए ।

याे पनि पढ्नुस  पारसमाथि खनिए गाेकुल बाँस्काेटा– युवराज नै छु भन्ने सपना छाेडे हुन्छ

‘राष्ट्र, राष्ट्रिय एकताका लागि योगदान पुर्याउने, जीवन उत्सर्ग गर्ने बीर पुरुषहरुको सम्मान सबै नेपालीको कर्तव्य हो भन्ने भावना उहाँमा पाए,’ स्थानीय सुबीरमान सिंह बस्न्यातले भने ।

पृथ्वीनारायण शाहले दहचोक गडीबाटै किर्तिपुर, काठमाडौं, पाटन र भक्तपुरमाथि विजय हासिल गरेका थिए ।

किर्तिपुरको लडाईमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देख्ने ठाउँमा शव गाडि दिनु भन्ने इच्छा व्यक्त गरेबमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ ।

याे पनि पढ्नुस  पारसकाे स्पष्टीकरण: केटाकेटीमाथि दुर्व्यहार सहन सकिनँ, बाबु हुनुकाे नाताले त्यस्ताे भयाे

बस्न्यातका अनुसार, पूर्वयुवराज आउने खबर सुनेर स्थानीयहरु स्वतस्फूर्त स्वागतमा सहभागी भए ।

दहचोक प्रवेश गर्ने क्रममा पंचकन्याले पारसको स्वागत गरेका थिए । कान्काली, दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडाकलश राखेका थिए ।

सो अवसरमा रमेश गौतम, सुन्दर लामिछाने, रामकृष्ण भट्टराई लगायतका वडा अध्यक्षहरु स्वागतमा सरिक भए । स्वागतमा स्थानीय शिक्षक, सर्वसाधारण, महिला र विशेष गरेर युवाहरुको उल्लेख्य उपस्थिति थियो ।

याे पनि पढ्नुस  पशुपति परिसरमा झाडु लगाउँदै पूर्वयुवराज पारस

साताअघि पारस विमानस्थलका एक प्रहरी अधिकृतलाई हातपात गरेर विवादमा तानिएका थिए ।

कमेन्ट गर्नुहोस्