न्यूजिल्याण्ड विरुद्धको सिरिजका लागि श्रीलंकाद्वारा टोली घोषणा, को–कोले पाए मौका?

काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टि–२० क्रिकेट सिरिजका लागि श्रीलंकाले टोली घोषणा गरिएको छ ।

श्रीलंकाले हालै वान डे क्रिकेटबाट सन्यास लिएका लसिथ मलिंगाको नेतृत्वमा शनिबार टोली घोषणा गरिएको हो ।

तीन खेलको सिरिज ९ सेप्टेम्बरदेखि सुरु हुनेछ । यो सिरिजमा एन्जेलो म्याथ्यूज, धनन्जय डी सिल्भा, सुरुगां लकमल, थिसरा परेराले टिममा मौका पाउन असफल भएका छन् । को–कोले पाए टिममा मौका? हेर्नुस्

लसिथ मलिंगा (कप्तान), निरोशन डिकवेला, अभिश्का फर्नान्डो, कुसल परेरा, कुसल मेन्डिस, अकिला धनन्जय, दनुस्का गन्थिलका, शिहन जयसूर्या, दसुन सनाका, वानिन्दु सारंगा, लक्षण सदाकर्ण, इशरु उडाना, कसुन रजिथा, लाहिरु कुमारा र लाहिरु मदुशंका ।

कमेन्ट गर्नुहोस्