चितवनमा एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या

चितवन । जिल्लाको भरतपुर महानगरपालिका ज्योतिनगरमा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्।

माडी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामबहादुर भुजेलले शनिबार चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भुजेल भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको भिनाजू यमबहादुर ढकालको घरमा भेटघाटका लागि आएका थिए।

उनले भिनाजूको घरको बाथरुममा साढे ४ बजेतिर घाँटी रेटेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

मृतक भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्