रविलाई अाज अदालत लगिने, ३ दिन म्याद थप हुन सक्ने !

चितवन, पत्रकार शालिकराम पुडासैनीकाे अात्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिईएका रवि लामिछानेलाई अाज म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदैछ ।

गत अाईतबार अदालतले ५ दिन म्याद थप गरि अनुसन्धानका का लागि हिरासतमा राख्ने अादेश दिएकाे थियाे ।

रवि लामिछानेकाे बयान सकिएपनि अस्मिता कार्की र उनकाे बयानका कतिपय तथ्यहरु बाझिएकाे र प्राविधिक पक्षका तथ्यहरुबारे थप बयान लिनुपर्ने देखिएकाेले सरकारी वकिलका तर्फबाट पुन म्याद थपका लागि अदालतमा अपील हुने देखिन्छ ।
नेपालकाे कानुन अनुसार प्रहरीले २५ दिनभित्र अदालतमा अभियाेजनपत्रसहित मुद्दा दर्ता गर्नुपर्ने नियम छ ।

पुडासैनीका अधिवक्ता स्वागत नेपालका अनुसार, अनुसन्धान अझै नसकिएकाेले रविलाई हिरासतमा रतख्न म्याद थप हुने छ ।
पक्राउ परेपछि १० दिनदेखि रवि प्रअरि हिरासतमा नै छन् ।।शुरुमा प्रहरिले १०दिनकाे म्याद थपका लागि अादेश माग गरेपनि अदालतले ५ दिन म्याद दिएकाे थियाे ।

प्रहरिले शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएकाे भिडियाेमा उल्लेख गरिएका सबै तथ्यहरुकाे विभिन्न काेणबाट अनुसन्धान गरिरहेकाे छ । यााेाे अनुसन्धानका क्रममा रवि लामिछानेका कारण अात्महत्याकाे परिस्थिति सिर्जना भएकाे हाे वा हाईन भन्ने विषयमा प्रहरिले वास्तविक तथ्य पत्ता लगाउने बताएकाे छ ।

रविकाेे संलग्नताबारे सबै तथ्य बटुलेपछि मात्र प्रहरिले अदालतमा अभियाेग दायर गर्ने बताएकाे छ ।

रविका समर्थकहरु भने रविकाे रिहाई अाजै हुने दावी गरिरहेका छन् । प्रहरिले भने अाधिकारिकरुपमा यसबारेमा केही बाेलेकाे छैन ।

अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान विभागकाे टाेलि समेत चितवनमा रहेकाे छ ।

यसअघि श्रीमतिसँग हिरासतमा भेटका क्रममा रविले अाफुलाई ५ वर्ष नै फसाउन खाेज्ने अाशंका व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्