खुशीको खबरः आवेदन फारम भर्दा गल्ती भए सच्च्याउने मौका

अध्यापन अनुमति पत्रको आवेदनमा कुनै गलत विवरण त परेका छैन । त्यसो भए नआत्तिनुस । शिक्षा सेवा आयोगले कुनै त्यस्तो विवरण परेको भए पुनः सच्याउन मौका दिएको छ ।

आयोगले पहिलोपटक अनलाइनका माध्यमबाट आवेदन फारम भर्न पाउने सुविधा प्रदान गरेको थियो। गत असार मसान्तसम्म आवेदकहरूले आवेदन भरेका थिए। भरिएकामध्ये करिब साढे दुई हजार आवेदन गलत रूपमा भरिएको पाइएपछि भदौ २१ गतेसम्म सो सच्याउन सकिने सुविधा दिएको छ।

याे पनि पढ्नुस  शिक्षक लाइसेन्सको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने

आयोगका सूचना अधिकारी दामोदर आचार्यले आवेदकहरूले साइबरबाट फाराम भरेको र त्यसरी भर्दा विवरण गल्ती गरेकाले उनीहरूलाई सच्याउने अवसर दिइएको बताए।

कमेन्ट गर्नुहोस्