Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

४ वर्ष जेलमा बिताएपछि अदालतले निर्दोष साबित गरेपछि (पढ्नुस खुलबहादुरको व्यथा)

काठमाडौँ । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो ।

सर्वोच्च अदालतले गतसाता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकास हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ ।

कुँवरले २०३६ साल फागुन १ गते प्रहरीमा जागिर खाएका थिए । ४२ असार ३० गते मध्यक्षेत्रीय तालिम केन्द्र काठमाडौं सरुवा भए । साउन १८ गते बढुवा भएर उनी तालिक केन्द्रमै कार्यरत रहेका थिए । ०४४ माघमा कोतमा रहेकामध्ये दुई रिभल्वर कम भेटियो । उनले तत्काल आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए । त्यसपछि नै उनलाई हतियार चोरेको आरोप लगाउँदै जेल सजायसहित जारीरबाट हटाइएको थियो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: