पाकिस्तानी सैन्य प्रवक्ताले शाहरुखलाई के भने यस्तो? भाइरल भयो ट्विट

मुम्बई । भारत र पाकिस्तानबीच चुलिएको तनावमा शाहरुख खान समेत मुछिएका छन् । वलिउडका शीर्ष कलाकार शाहरुख खानको नाम नै लिएर पाकिस्तानका सैन्य प्रमुखले चेतावनी दिएपछि उनको चर्चा अहिले व्यापक भएको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले शाहरुख खानमाथि लक्षित गर्दै ट्विट गरेका हुन ।

उनले शाहरुख खानलाई पाकिस्तानको बदनाम गर्नुको साटो भारत अधिकृत कश्मिरमा भइरहेको अत्याचारविरुद्ध आवाज उठाउन सल्लाह समेत दिएका छन् ।
“तपाई बलिउड सिन्ड्रोममा हुनुहुन्छ । वास्तविकता थाहा पाउन रअ का जासुस कुलभूषण जाधव, विंग कमाण्डर अभिनन्दन र २७ फेब्रुअरी हेनुस् भनेर भन्नुहुन्छ तर तपाईलाई भारतद्वारा अधिकृत कश्मिरमा भइरहेका अत्याचारविरुद्ध बोल्नुपथ्र्यो । अहिले त्यहाँ आरएसएसको नाजिवादी हिन्दुत्वका कारण यो झनै बढेको छ ।”

बार्ड अफ ब्लडको कथा शाहरुख खानको वेभ सिरिज हो । अहिले यो निकै चर्चित सिरिज बनेको छ । शाहरुख खानले यसै सिरिजको प्रचार गर्दै वास्तविकता थाहा पाउन हेर्नुस भनेर लेखेका थिए ।

कमेन्ट गर्नुहोस्