चिन्नुहुन्छ ? प्रसिद्द गायककी छोरी हुन यिनी, हुँदैन बलिउडमा डेब्यू

मुम्बई । यहाँ तस्वीरमा देखिएकी युवतीलाई देखेर केही अनुमान लगाउन सक्नुहुन्छ ?

को जस्ती देखिन्छन् ।

त्यसो त यिनका बुवालाई भने तपाईले पक्कै चिन्नुहुन्छ होला ।

बलिउडका चलचित्रमा विशेष भूमिकाका कारण चर्चामा रहने गुलशन कुमारकी छोरी हुन यी ।

यिनको नाम खुशाली हो । उनी यसै वर्ष नयाँ चलचित्रसँगै डेब्यू गर्न गइरहेकी छिन् । आर आर माधवनसँग दही चिनी नाम गरेको चलचित्रमा वकिलको भूमिकामा उनी देखिनेछिन् ।

भारतीय मिडियाहरुमा उल्लेख भए अनुसार, अहिले उनी चलचित्रका लागि निकै मेहनत गरिरहेकी छिन् । यसका लागि उनले वकिलहरुसँग समय बिताइरहेका बताइन्छ ।

साँचो घटनामा आधारित चलचित्रलाई लिएर खुशाली निकै उत्साहित छिन् । सानैदेखि कलाकार बन्ने सपना बोकेकी उनका लागि स्थापित कलाकारसँग अभिनय गर्नु त्यति सहज छैन । तर पनि चुनौती स्वीकारेर फिल्ममा प्रवेस गर्न थालेको उनले बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्