सन्यासपछि मलिंगाले पाए ठूलो जिम्मेवारी, जयसूर्या पनि टिममा

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका श्रीलंकाका तीब्र गतिका बलर लसिथ मलिंगालाई ठूलो जिम्मेवारी पाइएको छ ।

न्यूजिल्याण्डसँग हुने टी-२० क्रिकेट सिरिजमा आफ्नो देशको कप्तानी गर्ने जिम्मेवारी उनले पाएका हुन ।

यसै सेप्टम्बरमा १ गतेदेखि हुने खेलमा श्रीलंकाले आफ्नो १५ सदस्यीय टीमको घोषणा समेत गरेको छ ।

नयाँ टीममा अविष्का फर्नान्डोलाई पनि स्थान दिइएको छ । उनलाई यसअघि न्यूजिल्याण्डसँग भएको टेष्ट खेलमा मौका दिइएको थिएन । विश्वकपमा अविष्काले चार खेलमा २ सय ३ रन बनाएका थिए ।

अहिलेको नयाँ टीममा पुराना र नयाँ खेलाडीको सम्मिश्रण रहेको छ । टिममा ब्याट्सम्यानको मुख्य जिम्मेवारी कुसल मेन्डिस र कुल परेरा जस्ता खेलाडीको काँधमा रहेको छ । २०१६ मा अन्तिम टि२० खेल खेलेका सेयान जयसूर्या पनि टीममा रहेका छन् ।

श्रीलंका टीम

लसिथ मलिंगा (कप्तान),

निरोशन डिकवेला,

अविष्का फर्नांन्डो,

कुसल परेरा,

धनुषा गुणाथिलाका,

कुसल मेंडिस,

सेहान जयसूर्या,

दसुन शनाका,

वानिंदु हसारंगा,

अकीला धनंंजय,

लक्षण संदाकन,

इसुरु उडाना,

कसुन रजिथा,

लाहिरु कुमारा,

लाहिरु मधुशनाका

कमेन्ट गर्नुहोस्