प्रधानमन्त्री ओलीलाई ७ पटक प्लाज्मा फेरेसिस गर्नुपर्ने

काठमाडौंः  सिंगापुरमा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।

ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो।

उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। ओलीलाई शुक्रबार पहिलोपटक फेरेसिस गरिएको छ।

यही अबस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाई छ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको बिरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचारविधि प्रयोग गरिन्छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्टीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित प्लाज्मा फेर्ने उपचार विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।

कमेन्ट गर्नुहोस्