एकैदिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौंः  सुनको मूल्य आइतबार एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार फेरी बढेको हो ।

याे पनि पढ्नुस  साताको पहिलो दिन सुनको मूल्य घट्यो

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्य स्थिर थियो । आइतबार चाँदिको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

पछिल्लो समय सुनको भाउ निरन्तर बढेपछि बजारमा ग्राहक ज्यादै न्यून देखिएका छन् ।

याे पनि पढ्नुस  फेरि घट्यो सुनको मूल्य

कमेन्ट गर्नुहोस्