रविसहित तिनैजनालाई अदालत लगियो, सरकारी वकिलले अभियोगपत्र दायर गर्दै

चितवनः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानलका लागि प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोतारवि लामिछानेसहित तीन जनालाई अदालत लगिएको छ । आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने रुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

याे पनि पढ्नुस  सरकारले माग्यो आइजीपी खनाललाई स्पष्टिकरण

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भोलि पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने–नहुनेबारे निर्णय हुने जिल्ला अदालतका एक न्यायाधीशले जानकारी दिए ।

याे पनि पढ्नुस  रविकी पूर्व पत्नीले मुख खोलिन्– ‘वाचा पूरा नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछु’

प्रहरी अब थप म्याद माग्ने पक्षमा नरहेका कारण उनीविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ । पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  व्यवसायी अर्यालद्वारा सिधाकुराका पत्रकारलाई कार उपहार

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए । नारायणाी अनलाइनबाट

कमेन्ट गर्नुहोस्