रविसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ताको तयारी भएको छ।

केन्द्रीय अनुसन्धानका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार आवश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ताको तयारी गरिएको हो ।

प्रहरीबाट प्राप्त फाइलअनुसार अदालतमा मुद्दा दर्ता गरिने र अन्य अदालतले हेर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी आवश्यक प्रमाणसहित मुद्दाका लागि सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

प्रहरीले आफ्नो काम पूरा गरेको र अदालतले गर्ने निर्णयका आधारमा कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रचलित कानुनअनुसार यस मुद्दामा अदालतबाट दोषी ठहर भएमा ५ वर्ष जेल र ५० हजार जरिवानाको सजायँ हुन्छ ।

कमेन्ट गर्नुहोस्