जहाजभित्रै चोरी, २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।

प्रहरीले राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हुलाई पक्राउ गरेको हो ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  फेरि चिनियाँ नागरिक पक्राउ

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।

याे पनि पढ्नुस  बैंकको एटीएम लुट्ने चिनियाँ नागरिकबाट एक करोड २६ लाख बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट नजिक डेरा गरी बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ ।

शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार रुपैयाँ चोरी भएको हो ।

काठमाडौं–९ सिनामंगल डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  त्रिभुवन विमानस्थलमा यात्रुको सामान सुरक्षित छैन

कमेन्ट गर्नुहोस्