बिग बोस-१३ अन्तिम चरणमा; टीजरमा सलमानले दिए यस्तो चेतावनी (भिडिओ सहित)

काठमाडौँ, भारतीय टेलिभिजनको पहिलो लोकप्रिय रियालिटी शो ‘बिग बोस’को तेह्रौं संस्करणको टीजर रिलिज गरिएको छ । उक्त टीजरमा सलमान खान स्टेसन मास्टरको भूमिकामा देखिएका छन ।

बिग बोसका थुप्रै फ्यानहरू रहेका छन् र ती सबैले व्यग्रता पूर्वक यस कार्यक्रमको प्रतीक्षा गरिरहेका छन् । प्रसारित टीजरमा कार्यक्रमको प्रसारण कहिलेदेखि हुने भनेर त केही भनिएको छैन तर सलमान खान आफैंले भने कार्यक्रमसँग जोडिएका केही रहस्य खोलेका छन् ।

त्यस्तै चार हप्तामा फिनालेमा पुग्नु र त्यसपछि पनि सेलिब्रिटीहरूबीच द्वन्द जारी रहनु भन्ने उनको अभिव्यक्तिले भने रहस्य गहिरिएको छ ।

सलमान खान ट्रेनमा स्टेसन मास्टर को रूपमा देखिनुले यस पटक बिग बोसको घरमा धेरै नयाँ घटना घट्न सक्ने देखिन्छ । यस पटक हरेक पटक नयाँ ‘थीम’ ल्याइने र सो अनुरुप घरको इन्टीरियर समेत बदलिने बताइएको छ ।

टीजर कलर्स टिभीको अकाउन्टबाट इन्स्टाग्राममा शेयर गरिएको छ ।

हेर्नुस टीजर:

https://www.instagram.com/p/B1jWtOsAB5i/

कमेन्ट गर्नुहोस्