संजय दत्त र मनिषा कोइराला फेरि एकसाथ काम गर्दै

काठमाडौंः बलिउड नायक संजय दत्त र नायिका मनिषा कोइरालाले फेरि एकसाथ काम गर्ने भएका छन् ।

९० को सुरुवाती दशकमा निकै रुचाइएको यो जोडी दशकपछि चलचित्र ‘प्रस्थानाम’मा सँगै काम गर्न लागेका हुन् ।

देव कट्टाको निर्देशनमा बन्ने यो चलचित्र सन् २०१० मा रिलिज भएको हिट तेलुगु चलचित्र ‘नेमसेक’को रिमेक चलचित्र हो ।

चलचित्रमा अलि फजल र सत्यजीत डुबेयको पनि मुख्य भूमिका रहने छ । उनीहरुले भने चलचित्रमा संजय दत्त र मनिषाको सन्तानको भूमिका निर्वाह गर्नेछन् ।

चलचित्रको लेखक फराहद संजीले चलचित्रमा केही फेरवदल हुने बताएका छन् । उनले भनेका छन्, ‘तेलुगु चलचित्रमा जस्तो थियो ठिक त्यही यस चलचित्रमा हुने छैन । कथा एउटै भएपनि स्क्रिप्टमा हामीले केही फेरवदल गरेका छौ ।’

कमेन्ट गर्नुहोस्