पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सांसदको माग

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेको ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे। उनले भने, ‘दिनदहाडै विमानस्थलमा पारसको ताण्डव नृत्यको विरुद्धको सरकारको ध्यानाकर्षण भएको छ कि छैन?’

सांसद बाँस्कोटाले रवी लामिछानेको नाममा भइरहेको भीडतन्त्र नियन्त्रण गर्न पनि माग गरे। दिनदडाहै संविधान विरोधी गतिविधि गरेको भन्दै उनले आपत्ति समेत जनाए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वराजालाई खेल्ने मौका दलहरुले नै दिएको आरोप लगाए । दलहरुको द्वन्द्वले यो अवस्था सिर्जना भएको उनको निष्कर्ष छ। मुलुकलाई समृद्धिमा लैजान सदनमा भएका दलको एउटै लक्ष्य हुनुपर्ने उनले बताए। मिलेर गए मात्रै परिवर्तन संस्थागत हुने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्