एशेज सिरिजः इंग्ल्याण्डलाई इतिहास बनाउने मौका

काठमाडौंः  एसेज टेस्ट सिरिजमा घरेलु टोली इङ्ल्याण्ड नयाँ इतिहास बनाउने स्थितिमा पुगेको छ | एसेज सिरिजको १४० वर्षको इतिहासमा पहिलोपल्ट यस्तो अवस्था आएको हो ।

एसेज सिरिजमा इङ्ल्याण्डले आजसम्म ३५० रनभन्दा बढीको लक्ष पछ्याएको छैन ।  यसपटक भने उसले ३५९ रनको लक्ष पाएको छ र जो रुटको कप्तानीमा उक्त लक्ष पछ्याउन उससँग दुइ दिनको खेल र सात विकेट बाँकी रहेका छन् ।

इङ्ल्याण्ड र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट लीड्सको हेडिङ्लेमा खेलिंदैछ । खेलको तीन पारीहरू समाप्त भइसकेका छन् र आइतवार इङ्ल्याण्डले तीन विकेटबाट आफ्नो चौथो पारी खेल्नेछ ।

याे पनि पढ्नुस  एसेज टेस्ट सिरिज: अस्ट्रेलिया निराश, इङल्याण्डले दोहोर्यायो ४७ वर्ष पुरानो इतिहास

लीड्स टेस्ट म्याचको तीन दिनको खेल समाप्त भैसकेको छ र टस जितेर पहिले बलिङ रोजेको इङ्ल्याण्डले अस्ट्रेलियालाई १७९ रनमै अल आउट गर्न सफल भयो ।

यो अप्रत्याशित नतिजाले उत्साहित रहेको इङ्ल्याण्ड आफ्नो पहिलो पारीको ब्याटिङ्मा मात्र ६७ रनमै अल आउट भएपछि झन् खेलमा नयाँ मोड आयो ।

याे पनि पढ्नुस  एसेज टेस्ट सिरिज: अस्ट्रेलिया निराश, इङल्याण्डले दोहोर्यायो ४७ वर्ष पुरानो इतिहास

आफ्नो पहिलो पारीको प्रदर्शनबाट निकै निराश रहेको अस्ट्रेलियालाई ११२ रनको अप्रत्याशित अग्रता मिलेपछि नतिजा झनै रोचक हुने देखियो ।

दोस्रो पारीमा अस्ट्रेलियाले सबै विकेट गुमाएर २४६ रन बनायो र इङ्ल्याण्डसामु ३५९ रनको विशाल लक्ष उभ्याइदियो ।

दोस्रो पारीमा अस्ट्रेलियाले दिएको लक्ष पछ्याउने क्रममा इङ्ल्याण्डको ओपननिङ जोडीले सस्तैमा घुँडा टेकेपछि उसका अप्ठ्याराहरू अझै बढे । त्यसपछि जो डेनलीले पारीलाई केही सम्हाले र उनी ५० रनको योगदान गरेर आउट भए ।

याे पनि पढ्नुस  एसेज टेस्ट सिरिज: अस्ट्रेलिया निराश, इङल्याण्डले दोहोर्यायो ४७ वर्ष पुरानो इतिहास

तेस्रो दिनको खेल समाप्त हुँदासम्म इङ्ल्याण्डले ३५९ रन पछ्याउँदै ४ विकेटको क्षतिमा २१२ रन बनाइसकेको छ र उसले खेल जित्न १४७ रन अझै बनाउनु पर्ने देखिन्छ ।

इङ्ल्याण्डका सामु जुन लक्ष छ त्यो सहज जस्तो देखिए पनि अस्ट्रेलिया जस्तो घातक बलिङ् गर्ने टीमका अगाडि यो त्यति सरल छैन भन्ने बुझ्दा हुन्छ ।

कमेन्ट गर्नुहोस्