रविसहित तीनै जनाको बयान लिन सुरु

चितवनः  जिल्ला सरकारी वकिल कार्यालय चितवनले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।

रविसहित टेलिभिजनमै कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

याे पनि पढ्नुस  अस्मिताको मात्र बयान सकियाे, आज पनि रवि प्रहरी हिरासतमै रहने

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिल कार्यालय प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरेपछि तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

याे पनि पढ्नुस  रवि लामिछानेको समर्थनमा बन्न थाले गीत (भिडियोसहित)

अदालतले अहिले तीनै जनासँग बयान लिन सुरु गरेको छ । एक नम्बर न्यायाधीश हेमन्त रावलको इजालासमा बयान सुरु भएको हो ।

योसँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहस सुनिसकेपछि अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । अदालतले साधारण तारेखमा छोड्ने वा धरैटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

कमेन्ट गर्नुहोस्