अचम्मकाे लीलाः हेर्दै लाज लाग्ने अश्लील फलफूल (फाेटाे फिचर)

प्रकृतिले आफूभित्र थुप्रै रहस्यहरू लुकाएर राखेको छ । त्यसमध्ये बोट बिरुवाहरू पनि त्यस्ता चीज हुन् जसलाई प्रकृतिले विभिन्न रुप दिएको छ ।

यीमध्ये कतिपय बोट बिरुवाहरू हेर्दै अचम्मका हुने गर्दछन् । ती मध्ये पनि केहीको नाम नै कुनै अश्लील उपन्यासका पत्र जस्ता छन् । तीमध्ये हट लिप्स, न्याकिड म्यान जस्ता केही वनस्पतिको नाम सुन्दा त ती वनस्पति होलान् भन्ने समेत पत्यार लाग्दैन ।

त्यस्तै कतिपय वनस्पतिको गन्धले उनीहरूलाई असह्य बनाइदिन्छ ।

संसारकै आठ सबैभन्दा उरन्ठेउला वनस्पतिबारे सुन्दै अचम्म लाग्न सक्छ । आज हामीले त्यससम्बन्धि सामग्री ल्याएका छौं ।

१. हट लिप्स

हुकर्स लिप्सका नामले पनि चिन्न सकिने यस वनस्पतिको फूल हेर्दा कुनै कामुक महिलाका ओठ जस्ता देखिन्छन् । मध्य र दक्षिण अफ्रिकामा पाइने यस वनस्पतिको बुटा तीन मिटरसम्म अग्लो हुने गर्दछ । अचेल यसलाई धेरै ब्रिटिश घरहरूमा समेत देख्न सकिन्छ ।

हट लिप्स

२. टाइटनको लिङ्ग  

यो  संसारकै सबभन्दा ठुलो फूल हो । यसलाई अंग्रेजीमा ‘क्यारिअन फ्लावर’ पनि भन्ने गरिन्छ । अंगेजीमा ‘क्यारिअन’को अर्थ सडेको मासु हुन्छ । क्यारिअन फ्लावर भन्ने यस वनस्पतिमा पनि त्यस्तै गुण रहेको छ । हेर्दा निकै आकर्षक हुने यस बिरुवाको फूलको गन्ध भने सहन गर्नै नसकिने खालको हुने गर्छ ।

तर यस फूलको विशेषता भने यसको गन्ध नभएर यसको आकार हो । यो संसारकै सबै भन्दा ठुलो फूल भनेर पनि चिनिने गर्दछ । दैत्याकार यस फूलको वैज्ञानिक नाम भने ‘अमोमोर्फोफालस टिटानम’ हो जस्तो अर्थ टाइटनको लिङ्ग हुन्छ ।

टाइटन अर्थात ग्रीक पौराणिक गाथाहरूमा वर्णित दैत्यको लिङ्गसँग तुलना गरिएको यो फूल सात वर्षमा एक पटक मात्र फुल्ने भएकाले यसको नराम्रो गन्धका वावजुद यसलाई हेर्नेहरूको कमी छैन ।

यो संसारको सबैभन्दा ठुलो फूल पनि हो ।

३. नाङ्गो मान्छेजस्तो सुनाखरी

सुनाखरी त हाम्रो नेपालमा पनि निकै पाइन्छ तर ‘नाङ्गो मान्छेजस्तो सुनाखरी’ अर्थात न्याकिड म्यान अर्किड भने हाम्रोमा भेट्टाउन सकिन्न ।

इटालियन अर्किड भनेर पनि चिनिने गरेको यस सुनाखरीलाई भूमध्य सागरीय क्षेत्रहरूमा निक्कै भेट्न सकिन्छ ।

यसलाई हालका दिनहरूमा विश्वका अन्य कुनाहरूमा पनि सार्न थालिएको छ ।

मान्छेजस्तै देखिने गर्छ यो फूल ।

४. पिटर्स पेप्पर अर्थात पिटरको खुर्सानी

खुर्सानी त हामी सबैले देखेकै हुन्छौं । डल्ले खुर्सानी, जिरे खुर्सानी, भेडे खुर्सानी यस्तै यस्तैनाम भएका खुर्सानीहरू हामीकहाँ हुने गर्दछन् । तर यो पिटरको खुर्सानी भने आफ्नो आकारका कारण बढी खुख्यात रहेको छ ।

यसलाई अर्को नाम ‘पिनिस पेप्पर’ अर्थात लिङ्गजस्तो खुर्सानी भनेर पनि चिनिँदो रहेछ । नामबाटै यसको ख्याती किन फैलियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

अचम्मको खुर्सानी!

५. एन्जेल अर्किड अर्थात देवदूत सुनाखरी

यो भने नेपालका उच्च हिमाली भेगमा पाइने एकप्रकारको सुनाखरी हो । यसलाई पश्चिमाहरूले ‘एन्जेल अर्किड नाम दिनुका पछाडिको कारण भने यसको आकार हो ।

राम्ररी नियालेर हेर्दा कुनै उन्नत स्तन भएकी महिलाले घुम्टो उघारेर बसेजस्तो देखिने यस वनस्पतिलाई पनि संसारको उरन्ठेउलो वनस्पतिका रूपमा राखिएको छ ।

यसलाई नेपाल र भारतका हिमाली भेगका अतिरिक्त चीन, भियतनाम र दक्षिण भारततिर समेत देखिएको छ ।

हेर्दा झुक्किनु त भएन?

६. ससेज ट्री

निकै ठुला फल लाग्ने यस वनस्पतिलाई ससेज ट्री या ककुम्बर ट्री भन्ने गरिन्छ । यसमा तीनदेखि सात फूट लम्बाईका ससेजाकार्का फल लाग्ने गर्दछन् ।

तर हेर्दा आकर्षक लागेपनि यो फल काँचै खाँदा विषालु हुने गर्दछ । यसले रोकिने नसक्ने गरेर पखाला चल्न सक्छ तर यसका केही उपयोगिता पनि छन् ।

केन्याका अगीक्युयु र अकाम्बा जातिमा यसको भित्री भागलाई प्रशोधित गरेर बियर बनाउने गरिन्छ । त्यस्तै यसको रसलाई सौन्दर्य प्रसाधनका सामग्री बनाउन प्रयोग गरिन्छ ।

विशेष गरेर मध्य अफ्रिकामा पाइने यस वनस्पतिलाई हाल संसारभरि सौन्दर्यका लागि लगाउने गरिन्छ ।

ससेज ट्री

७. क्लिटोरिया टर्नासिया अर्थात शंखपुष्पी

निकै सुन्दर यो फूल सबै जसो महादेशमा पाइने गर्दछ । यसलाई नेपालीमा शंखपुष्पी भन्ने गरिन्छ र आयुर्वेदमा यस फूलको निकै ठुलो महत्व छ ।

तर यसले यस सूचीमा ठाउँ पाने कारण चाँही यसको वैज्ञानिक नाम हो । यसको आकार महिलाको भगांकुर जस्तै भएकाले यसलाई क्लिटोरिया टर्नासिया भन्ने गरिएको हो ।

यसमा स्मरण शक्ति बढाउने गुण भएकाले यो आयुर्वेदमा निकै प्रतिष्ठित रहेको छ ।

नेपालीमा यसलाई शंखपुष्पी भनिन्छ ।

८. रोडियोशिटोन

मेक्सिकोको रैथाने यस फूललाई आजभोली युरोपेली घरहरूमा पनि देखिन थालेको छ । यसलाई उरन्ठेउल वनस्पतिको सूचीमा राख्नु पर्ने एउटी कारण यसको फूल हो जुन पूर्ण रूपले फुल्नु अगाडि पुरुषको गुप्ताङ्गजस्तै देखिने गर्दछ ।

कमेन्ट गर्नुहोस्