अस्मिताको मात्र बयान सकियाे, आज पनि रवि प्रहरी हिरासतमै रहने

काठमाडौं । अदालत चितवनले आज बयान नसकिएपछि टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीका अनुसार भोलि १० बजेबाट पुनः बयान सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्