सांसद सुवेदीको पर्स लुट्ने पक्राउ

काठमाडौंः  प्रदेश सांसद भावना सुवेदीको पाकेट मार्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बरथहवा नगरपालिका–२ घर भई काठमाडौं मैतिदवी बस्ने १९ वर्षीय निश्चल थिङ रहेका छन्।

उनलाई महानगरीय प्रहरी वृत जनसेवाको प्रहरी टोलीले पक्राउ गरेको हो।

सांसद सुवेदी काम विशेषले गत साउन २६ गते दिउँसो साढे ३ बजे काठमाडौंको इन्द्रचोक पुगेकी थिइन्।

भिडभाडमा सांसद सुवेदीले बोकेको ७३ हजार, परिचयपत्र, एटिएम कार्ड लगायतका अन्य कार्डहरु चोरी भएको थियो।

चोरी गरेर फरार भएका युवकको थिङ भएको ससी टिभी फुटेजमार्तत पहिचान भएको थियो। उनलाई गौशालाबाट प्रहरीले पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्