श्रीमानले बढी माया गरेको भन्दै श्रीमतीले मागिन् तलाक !

माया–प्रेमको कमिले धेरैको सम्बन्ध टुटेको हामीले देख्ने र सुन्न गरेका छौं । तर युएईकी एक महिलाले श्रमानले ज्यादा माया गरेका कारण तलाक चाहेको छिन्।

युएईको फुजैरास्थित सरिया अदालतमा ती महिलाले तलाकका लागि उजुरी दिएकी हुन्। उनीहरुबीच विवाह भएको एक वर्षमात्रै भएको छ।

खलिज टाइम्सको रिपोर्ट अनुसार ती महिलाले श्रीमान् धेरै माया गरेको स्वीकार गर्न नसकेका कारण तलाक दिने निर्णयमा पुगेको बताएकी छन्। ‘उनी मसँग कहिल्यै झगडा नै गर्दैनन्’, ती महिलाले अदालतमा भनेकी छन्, ‘मलाई कहिल्यै उदास हुनै दिन्नन्।’

याे पनि पढ्नुस  सृजना वाचन डबली युएईको १५ औं शृङ्खला सप्पन्न

उनले आफू पतिको ज्यादा माया र स्नेहका कारण तनाबमा परेको अदालतमा बयान दिएकी छन्। ‘म यति धेरै माया र स्नेहबाट तनाबमा परेकी छु’, उनले भनेकी छन्, ‘यहाँसम्म कि घरको सफाइ गर्नसमेत उनी मलाई मद्दत गर्छन्। कहिलेकाहीँ त मेरा लागि खाना समेत तयार गर्छन्। विवाहको १ वर्ष भयो अहिलेसम्म हामीबीच एक पटक पनि झगडा भएको छैन।’

याे पनि पढ्नुस  युएईबाट हप्तामा ४ उडान हुने, पहिलो प्राथमिकतामा दूतावासको नामावली

रिपोर्टअनुसार पतिले ती मिलहालाई यति धेरै माया गरे र उनीप्रति यतिधेरै उद्धार रहे कि उनको जिन्दगी नरक बन्न पुग्यो। महिलाले अगाडि भनेकी छन्, ‘म एक लडाइँका लागि तड्पिरहेकी छु। तर, मेरो रोमान्टिक पतिसँग याे असम्भव छ। किनभने उनी मेरा सबै गल्तीमा माफी दिन्छन् र ममाथि उपहारको वर्षा गराउँछन्।’

याे पनि पढ्नुस  युएईमा ४ नेपाली अलपत्र

उनले आफू श्रीमानसँग वास्तविकतामा रहेर बहस गर्न चाहेको बताउँदै उनले आफ्नो हरेक आज्ञा पालना गर्ने पति नचाहिएको बताइन्।

महिलाका पतिले आफूले कुनै गल्ती नगरेको र आफू एक आदर्श पति बन्न चाहेको प्रतिक्रिया दिएको रिपोर्टमा उल्लेख छ। ती पतिले अदालतसँग पत्नीको केश फिर्ता गरिदिन अनुरोध समेत गरेका छन्।

कमेन्ट गर्नुहोस्