प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल?

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो ।

प्रचण्डले भोलि विहान १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका बताइएको छ । बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्