अमेरिकामा उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक

विजय थापा, डिसी । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहले शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

टेक्सस राज्यको ड्यालसमा बिगत ५ बर्षदेखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो ।

बुटवल उपनगरपालिकाकै रैथाने सिंहले प्रतियोगतामा स्वर्ण पदक प्राप्त गरि नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा गर्व लागेको बताए ।

अगस्त २४ मा अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त भएको हो। ट्रु नोविस ए मेन्स फिजिक्स श्रेणीमा उनले प्रथम स्थान हासिल गरेका हुन् ।

टेक्सस ड्यालसमै दैनिक अभ्यास गर्ने गरेता पनि प्रतियोगिताको लागि उनि डिसी आएका थिए । दैनिक ६ घण्टा बिहान ३ घण्टा र साँझ ३ घण्टा कसरत गर्ने गरेको सिंहले बताए । नेपालदेखि नै शारीरिक सुगठन प्रतियोगितामा भाग लिँदै आएका सिंहले नेपालमा भएका बिभिन्न प्रतियोगितामा पदक प्राप्त गरेका छन् ।

उनी नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।

भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिंग अफ द यिएरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो स्थान समेत भएका थिए ।

कमेन्ट गर्नुहोस्