रवि समर्थक र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

चितवनः रवि लामिछाने समर्थक र प्रहरीबीको झडपले चितवन तनावग्रस्त बनेको छ । रविको रिहाइको माग गर्दै चितवन पुगेका उनका समर्थक समूह र प्रहरीबीच आइतबार बेलुकापख झडप भएको हो । झडक नियन्त्रण प्रहरीले रवि समर्थकमाथि लाठी र अश्रुग्यास प्रहारसमेत गरेको छ ।

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाइए रिहाईको माग गर्दै प्रदर्शन भइरहेको छ । रविसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए । उनीहरु तीनैजना विरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा साउन ३० गते पक्राउ परेका हुन् । पुडासैनी साउन २० गते चितवनको नारायणगढ बसपाकस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

याे पनि पढ्नुस  उच्च अदालतमा रवि लामिछाने

चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच अहिले झडप भइरहेको छ । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रयास गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् । रवि रिहाई हुने या कारागार जाने भन्ने निर्णय भोलि अदालतले लिनेछ । रवि पक्राउ परेदेखि रवि समर्थकले रिहाईको माग गर्दै प्रदर्शनमा उत्रेका छन् ।

याे पनि पढ्नुस  रविकी पूर्व पत्नीले मुख खोलिन्– ‘वाचा पूरा नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछु’

कमेन्ट गर्नुहोस्