बन्दकाे पूर्व सन्ध्यामा विप्लवलाई ठूला झड्का, सेक्रेटरीसहित १० जना पक्राउ

काठमाडौंः  नेत्र विकक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता तथा नेता पक्राउ पर्ने क्रम जारी छ ।

यसैबीच पूर्वी नवलपरासी जिल्ला सेक्रेटरी वीरबहादुर थापालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको छ।

बिप्लव समूहले भाेलि मात्रै चितवन बन्दकाे आव्हान गरेकाे छ । कावासोती नगरपालिका-३ घर भएका थापालाई गैंडाकोटको नारायणी पुल नजिकबाट पक्राउ गरिएको हो।

याे पनि पढ्नुस  चितवनमा बम विष्फाेट, आज विप्लव समूहको बन्द आव्हान

शनिबार साँझ पक्राउ परेका थापालाई आवश्यक अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

उनको साथबाट चन्द समूहका दस्तावेजहरु फेला परेको प्रहरीको दाबी छ। थापासँगै अहिलेसम्म पूर्वी नवलपरासीमा चन्द समूहका १० जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।

याे पनि पढ्नुस  भोलि विप्लव नेकपाको बन्द (विज्ञप्तिसहित)

जसमध्ये पार्टी गतिविधिमा नलाग्ने जनाउँदै विज्ञप्ती निकालेका ५ जना धरौटीमा छुटेको प्रहरीले जनाएको छ। अन्य पाँच जना थुनामा छन्।

कमेन्ट गर्नुहोस्