१२ लाख मूल्य ताेकिएका माओवादी डेपुटी कमाण्डरले गरे आत्मसमर्पण

छत्तीसगढ । भारतमा एक जना नक्सली नेताले आत्मसमर्पण गरेका छन् ।

माओवादी प्रभावित छत्तिसगढमा माओवादी नेता मुचाकी बुदराले आत्मसमर्पण गरेकाे नवभारत टाईम्सले जनाएकाे छ । दन्तेवाडाका एसपी अभिषेक पल्लवले यसकाे जानकारि दिएका हुन ।

सुकमा निवासी तथा मलनिगर क्षेत्रमा प्लाटुन नम्बर २४ का डेपुटी कमाण्डर रहेका बुदराले माओवादी विचारधाराबाट निराश भएर आत्मसमर्पण गरेकाे प्रहरिले जनाएकाे छ ।

बुदरालाई जिउँदाे या मृत बुझाउनेलाई ८ लाख भारतीय रुपैयाँ (नेपाली १२ लाख ८० हजार) पुरस्कार ताेकिएकाे थियाे ।

बुदरा धेरैजसाे नक्सली आक्रमणमा सामेल थिए ।  वर्उष २०१० मा कांग्रेस नेता अवधेश गाैतमकाे घरमा भएकाे आक्रमणमा समेत उनी सहभागी भएकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्