एशेज सिरिजः स्टोक्स नायक बन्दा इंग्ल्याण्डलाई ऐतिहासिक सफलता

काठमाडौंः  एशेज टेस्ट क्रिकेट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध एक विकेटको जीत निकाल्दै घरेलु टिम इंग्ल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

एसेज सिरिजको १४० वर्षको इतिहासमा पहिलोपटक इंग्ल्याण्डले ३५० बढीको लक्ष्य पूरा गर्दै इतिहास रचेको हो ।

अष्ट्रेलियाले दिएको ३५९ रनको लक्ष्य इंग्ल्याण्डले ९ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जीतमा बेन स्टोक्स नायक सावित भए । उनले ११ चौका र ८ छक्काको मद्दतमा २१९ बलमा अविजित १३५ रन बनाए । उनले अन्तिम विकेटका लागि ज्याक लिचसँग ७६ रनको साझेदारी गरे ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

टस जितेर पहिले बलिङ रोजेको इङ्ल्याण्डले पहिलो इनिङमा अस्ट्रेलियालाई १७९ रनमै अल आउट गर्न सफल भयो ।

अप्रत्याशित नतिजाले उत्साहित रहेको इङ्ल्याण्ड आफ्नो पहिलो पारीको ब्याटिङमा मात्र ६७ रनमै अल आउट भएपछि झन् खेलमा नयाँ मोड आयो ।

आफ्नो पहिलो पारीको प्रदर्शनबाट निकै निराश रहेको अस्ट्रेलियालाई ११२ रनको अप्रत्याशित अग्रता मिलेपछि नतिजा झनै रोचक भयाे ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

दोस्रो पारीमा अस्ट्रेलियाले सबै विकेट गुमाएर २४६ रन बनायो र इङ्ल्याण्डसामु ३५९ रनको विशाल लक्ष  दियाे ।

दोस्रो पारीमा अस्ट्रेलियाले दिएको लक्ष पछ्याउने क्रममा इङ्ल्याण्डको ओपननिङ जोडीले सस्तैमा घुँडा टेकेपछि उसका अप्ठ्याराहरू अझै बढे । त्यसपछि जो डेनलीले पारीलाई केही सम्हाले र उनी ५० रनको योगदान गरेर आउट भए ।

यस्तै जो रुटले ७७, जोनी बेरिस्टोले ३६, जोफ्रा आर्चरले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

याे पनि पढ्नुस  एशेज सिरिजः इंग्ल्याण्डले दिएको ३९९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलिया

दोस्रो इनिङमा अष्ट्रेलियाका जोश हजालउडले ४, नाथन लायनले २, प्याट कमिन्स र जेम्स मिटोन्सनले एक–एक विकेट लिए ।

पाँच खेलकाे  सिरिज अब १–१ को बराबरी भएको छ । एक खेल बराबरीमा टुंगिएको थियो । अष्ट्रेलिया र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट ९ सेप्टेम्बरदेखि हुनेछ ।

कमेन्ट गर्नुहोस्