प्रधानमन्त्री ओलीलाई फेसबुकमा गाली गर्ने युवक पक्राउ

कैलालीः  प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत गाली गरेको भन्दै प्रहरीले कैलालीबाट एक युवालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय लम्कीले सोही ठाउँकै २६ वर्षीय हृदय उपाध्यायलाई पक्राउ गरेको हो । पक्राउ परेका उपाध्याय नेपाल विद्यार्थी संघका नेता समेत भएको बुझिएको छ।

अपराध महाशाखा टेकु काठमाडौँले साईबर अपराध अन्तर्गत ईलाका प्रहरी कार्यालय लम्कीलाई पक्राउ गर्न दिएको आदेशका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

उपाध्यायलाई अपराध महाशाखा टेकु नै पठाईने इप्रका लम्कीले जनाएको छ।

उपाध्यायले केही दिन पहिले फेसबुकमा प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मुलुक हाक्ने उखाने हप्तै पिच्छे स्वास्थ्य परिक्षण गर्न सिङ्गापुर उड्छन् विचरा जनता’ भन्दै स्टाटस लेखेका थिए।

यस्तै उनले फेसबुक स्टाटसमै, ‘मृगौलाले काम गर्न छाडे जे हुन्छ राम्रो हुन्छ शुभ समाचार सुन पाइन्छ’ लेखेका छन्।

कमेन्ट गर्नुहोस्