चितवनका केही क्षेत्रमा निषेधाज्ञा, ५ जना बढी भेला भए पक्राउ गरिने (सूूचनासहित)

चितवन, रवि लामिछाने समर्थक बताउने अराजक समूहले अाईतबारका दिन गरेका उच्छृंखल गतिविधिले सिर्जना हुन सक्ने अप्रिय घटना राेक्न चितवन प्रशासनले कर्फ्यु अादेश जारि गरेकाे छ ।

अाईतबार अदालतबाट लामिछानेलाई पुनः हिरासतमा लगिएपछि उनका केही समर्थकले उग्र अराजक प्रदर्शन गरेका थिए । प्रदर्शनकारिलाई नियन्त्रण गर्ने क्रममा डिएसपीसहित प्रहरी घाईते भएका छन् ।

“उनीहरुले प्रहरिलाई जसरि हुन्छ उत्तेजित बनाउन खाेजेका छन्, बल प्रयाेग गराेस या अझ गाेली नै चलाअाेस भन्ने परिस्थिति निर्माण गर्न खाेजेका छन् ।” एसपी दान बहादुर मल्लले भाे, “तर हामीले बरु अाफुले प्रहार सहेर पनि अान्दाेलनमा बल प्रयाेग नगर्ने नीति लिएकाेले अहिलेसम्म अप्रिय घटना घटेकाे छैन । उनीहरुकाे उद्देश्य अान्खाेलनका नाममा अप्रिय परिस्थिति निम्त्याउने नै छ । अाजका घटनाले त्यसकाे झन् पुष्टि गरेकाे छ ।”

परिस्थितिलाई मध्यनजर गर्दै चितवन प्रशासनलेअान्तरिक।राजस्वदेखि घरेलु कार्यालय, सप्तगण्डकी अस्पतालदेखि चाैबीस काेठीसम्म, घरेलु कार्यालयदेखि समगण्डकी अस्पताललगायतका क्षेत्रमा निषाधाज्ञा जारि गरेकाे हाे ।

भाेलि विप्लव नेकपाले समेत चितवन बन्दकाे घाेषणा गरेकाे छ ।

पढनुस विज्ञप्ति

o

कमेन्ट गर्नुहोस्