चितवनमा बम विष्फाेट, आज विप्लव समूहको बन्द आव्हान

चितवन, रवि लामिछानेका समर्थकहरुकाे उग्र अान्दाेलनका कारण अशान्त भएकाे चितवनमा विप्लव समूहले बम विष्फोट गराएकाे छ ।

 

पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको हाे । कयर खोला किनारमा हिजाे साँझ भएकाे बम बिस्फोटमा मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ ।

 

हिजाे दिनभरी रवि समर्थरकहरुकाे अान्दाेलन चलेकाे थियाे । अपरान्हदेखि भने अान्दाेलनकारिले टायर बालेर प्रदर्शन गरेका थिए ।

याे पनि पढ्नुस  झापाको गौरादह नगरपालिकामा बम विष्फोट, विप्लवका कार्यकर्तामाथि आंशका

 

यही अशान्तिबीच विप्लवलेे समेत बन्द अाव्हान गरेपछि चितवन थप अशान्त भएकाे हाे ।

 

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले भने केही दिन अघि बिज्ञप्ती जारी गर्दै भदौ ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको थियाे ।

नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ ।

याे पनि पढ्नुस  डेंगुलाई महामारीको रुप लिन दिन्नौँः महानगर प्रमुख दाहाल

राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको कारणले त्यसको विरोधमा नेकपाले सोमवार चितवन वन्दको आवहान गरेको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ “जनतालई आतंकित वनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनि गर्ने कार्यले आँफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भपन हो । यसले विकासमा वाधा पुर्याउने पार्टीको ठहर रहेको छ ।”

याे पनि पढ्नुस  राष्ट्रपतिको र्यालीमा बम विष्फोट, २४ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्