सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, दुई गम्भीर

काठमाडौं । राजधानी काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। सिनामंगलमा ट्रिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घाइते मध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  स्याङ्जा गल्याङमा जीप दुर्घटना, १ बालकको मृत्यु, २२ घाइते

उनका अनुसार ठक्कर दिएपछि ट्रिपर भागेको थियो । ट्रिपरको नम्बर समते खुल्न सकेको छैन । दुर्घतामा पर्ने बा ८५ प ५६९ र ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल रहेका छन् ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । एउटा मोटरसाइकलको भने नम्बर खुल्न सकेको छैन । ट्रिपरको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

याे पनि पढ्नुस  ठूलो दुर्घटनाबाट बच्यो सीता एयरको जहाज

कमेन्ट गर्नुहोस्